वडा नं. ललितपुर महानगरपालिका वडा नं. १९- अग्निशाला

१. वडा नं. ललितपुर महानगरपालिका वडा नं. १९

२. सम्पर्क नं. ०१५००८८१८

३. वडाको परिचयः यस नगरको ललितपुर महानगरपालिका नेपालको जेष्ठ नगरपालिकालाई विभिन्न २९ वटा वडाहरुमा विभाजन गरिएको छ जसमध्ये वडा नं. १९ मा आदी टोलहरु पर्दछन |

अग्निशालाकुमारीपाटीमच्छिन्द्र बहालतिच्छुगल्ली
 

यस वडाको कार्यालय अग्निशाला स्थित आफ्रनै भवनमा रहेको छ ।

यस वडामा विशेष गरी नेवार जाती बसोबास गरेका छन । जिविकोपार्जनको लागि यस वडाका बासिन्दाहरुले ब्यापार, कृषि, हस्तकला, पर्यटन, नोकरी र अन्य पेशाहरु अपनाएका छन्।

ललितपुर जिल्ला, ललितपुर महानगरपालिका अन्तर्गत रहेको वडा नं. १९ बाक्लो पुरानो बस्ति हो ।

यस वडाको छिमेकि वडामा पूर्वमा १२ वडा , पश्चिममा २० वडा, उत्तरमा १६ वडा र दक्षिणमा ५ वडा रहेको छ । यस वडाको कार्यालय अग्निशालामा रहेको छ ।


४. महत्वपूर्ण स्थानहरु

* व्यापारिक स्थल:

क) लगनखेल
ख) कुमारीपाटी

* सम्पदाः

क) मच्छिन्द्र बहाल
ख) अग्निशाला मन्दिर

* पर्यटकीय स्थलः

तिच्छुगल्ली ।